नियम १०
कुटनीतिक राहदानी जारी हुने
सरकारी काम वा विशेष कामको लागि विदेश भ्रमणमा जाने देहायका पदाधिकारीलाई विभागले कुटनीतिक राहदानी जारी गर्नेछ:-

(क) राष्ट्रपति,

(ख) उपराष्ट्रपति,

(ग) प्रधानमन्त्री,

(घ) प्रधानन्यायाधीश,

(ङ) प्रतिनिधिसभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष

(च) उपप्रधानमन्त्री,

(छ) नेपाल सरकारका मन्त्री, प्रदेश सरकारका मुख्यमन्त्री, प्रदेश प्रमुख, प्रतिनिधि सभाका विपक्षी दलका नेता, प्रतिनिधिसभाका उपसभामुख, राष्ट्रिय सभाका उपाध्यक्ष,

(ज। नेपाल सरकारका राज्य मन्त्री, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, सर्बोच्च अदालतका न्यायाधीश, संवैधानिक निकायका प्रमुख, न्याय परिषद्का सदस्य, महान्यायाधिवक्ता, राष्ट्रिय सभामा विपक्षी दलको नेता, प्रदेश सभाका सभामुख, (झ) नेपाल सरकारका सहायक मन्त्री, प्रतिनिधि सभाका सदस्य, राष्ट्रिय सभाका सदस्य, उच्च अदालतका मुख्य न्यायाधीश, प्रदेश सरकारका मन्त्री, प्रदेश सभाका उपसभामुख, प्रदेश सरकारका राज्यमन्त्री, काठमाडौ महानगरपालिकाका प्रमुख, नेपाल सरकारका .मुख्य सचिव, प्रधान सेनापति

(ज) प्रदेश सरकारका सहायक मन्त्री, प्रदेश सभाका सदस्य, काठमाडौं,महानगरपालिका बाहेकका महानगरपालिकाका प्रमुख, जिल्ला समन्वय समितिका प्रमुख,

(ट) संवैधानिक निकायका सदस्य तथा आयुक्त, राष्ट्रिय योजना आयोगका सदस्य, सङ्घीय संसदका महासचिव, सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार, नेपाल राष्ट्र बैङ्कको गभर्नर, प्रज्ञा प्रतिष्ठानका कुलपति, विश्वविधालयका उपकुलपति,

(रु) . नेपाल सरकारका सचिव एवम्‌ विशिष्ट श्रेणीका अधिकृत, नेपाली राजदूत, स्थायी प्रतिनिधि, रथी, प्रहरी महानिरीक्षक, सशस्त्र प्रहरी महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागको मुख्य अनुसन्धान निर्देशक, प्रज्ञा प्रतिष्ठानका उपकुलपति, उपमहानगरपालिकाका प्रमुख, काठमाडौं महानगरपालिकाको उपप्रमुख, (ड) उच्च अदालतका न्यायाधीश, - मुख्य न्यायाधिवक्ता,

(ढ) प्रदेश लोकसेवा आयोगका अध्यक्ष, प्रदेश न्यायसेवा आयोगका अध्यक्ष, उपरथी, प्रहरी अतिरिक्त महानिरीक्षक, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका . अतिरिक्त मुख्य अनुसन्धान निर्देशक,

(ण) प्रचलित कानून बमोजिम स्थापना भएका स्थायी प्रकृतिका आयोग, प्रतिष्ठानमा पूरा समय काम - गर्ने. गरी नियुक्त भएका नेपाल सरकारका विशिष्ट श्रेणी वा सोभन्दा माथिका पदाधिकारी सरहको पदमा नियुक्त प्रमुख; अध्यक्ष वा पदाधिकारी, विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष,

(त) नेपालको तर्फबाट नियुक्त दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का महासचिव, बहुपक्षीय प्राविधिक तथा आर्थिक सहायताका लागि बंगालको खाडीका राष्ट्रहरुको प्रयास (बिमस्टेक) का महासचिव,

(थ) _ महावाणिज्यदूत, परराष्ट्र मन्त्रालय र यस अन्तर्गतका विभाग बा कार्यालयमा कार्यरत राजपत्राङ्कित अधिकृत कर्मचारी,

(द) राष्ट्रपतिको राजकीय, औपचारिक वा अनौपचारिक विदेश भ्रमण एवम्‌ उपराष्ट्रपति र प्रधानमन्त्रीको औपचारिक चा अनौपचारिक विदेश भ्रमणमा संलग्न हुने भ्रमण दलका सदस्य, (ध) नेपाल पक्ष वा सदस्य रहेको संयुक्त राष्ट्र संघ लगायत अन्य अन्तर्राष्ट्रिय, क्षेत्रीय तथा उपक्षेत्रीय संघ सङ्गठनको शिखर सम्मेलन वा अन्य सम्मेलन, “बैठक वा समारोहमा नेपाल सरकारको निर्णय बमोजिम राष्ट्राध्यक्ष तथा सरकार प्रमुख तहमा नेपाल राज्य: वा नेपाल सरकारको तर्फबाट सहभागी हुने प्रतिनिधि मण्डलका सदस्य,

(न) नियोगमा खटिई जाने नेपाल सरकारका कर्मचारी,

(प) राजदूत, स्थायी प्रतिनिधि, खण्ड (त) बमोजिमका पदाधिकारी तथा खण्ड (न) बमोजिमका कर्मचारीको साथमा जाने परिवारका सदस्य,

(फ) नेपाल सरकारको प्रतिनिधित्व गरी विशेष नियोगमा खटिई जाने व्यक्ति ।